Main News

संसदीय समिति सभापतिहरुले गरे भत्ता वृद्धिको माग

हिमालय टिभी
२०७७ चैत ८ गते १९:१९
संसदीय समिति सभापतिहरुले गरे भत्ता वृद्धिको माग

८ चैत २०७७ काठमाडौं । संघीय संसदका विभिन्न समितिका काम कारबाहीका बारेमा सभामुख र समितिका सभापतिबिच आज छलफल भएको छ ।

प्रतिनिधिसभाका १० वटै विषयगत समितिका सभापतिले समितिमा रहेका विधेयकको अवस्था र समितिले गरिरहेका काम कारबाहीको बारेमा सभामुख अग्नीप्रसाद सापकोटालाई जानकारी गराएका छन् ।

गएको साउन ५ गते यता समिति सभापति र सभामुखबीच छलफल भएको थिएन । छलफलमा समितिलाई प्रभावकारी बनाउने बारेमा पनि कुराकानी भएको छ ।

छलफलमा समितिका सभापतिहरुले स्थलगत भ्रमणमा जाँदा सदस्यहरुले दैनिक २५ सय रुपैयाँ मात्र भत्ता पाउने गरेको भन्दै भत्ता बढाउन माग गरेका थिए । २५ सयले खान र बस्न नपुग्ने भएकाले भत्ता बढाउनु पर्ने उनीहरुको माग थियो ।

विधेयकहरुमाथिको छलफललाई थप व्यवस्थाति बनाउन उनीहरुले कानून अधिकृत उपलब्ध गराउन पनि माग गरेका छन् । सभामुख सापकोटाले सभापतिहरुको राखेका कुराहरुलाई गम्भिरतापूर्वक लिएको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *