Main News
व्यापक छलफलबिना एकता गरेकाले नटिकेको नेता मन्त्री रायमाझीको दाबी
२०७७ चैत ८ गते १९:०२
८ चैत २०७७ काठमाडौं । ऊर्जामन्त्री एवं नेकपा एमालेको ओली समूहका नेता टोपबहादुर रायमाझीले व्यापक छलफलबिना नै एकता गरेकोले पार्टी एकता नटिकेको बताउनुभएको छ ।
पार्टी निकट राष्ट्रिय किसान महासंघको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री रायमाझीले एकता आवश्यक भएपनि तरिका ठीक नहुँदा अहिलेको अवस्था आएको बताउनुभयो ।
संसद विघटन र पार्टीसँग सम्बन्धित दुवै मुद्दा हार्दा पनि आफूहरु उत्साहित रहेको मन्त्री रायमाझीको तर्क छ । मुद्दा ठीक भएकोले हार्दा पनि निराश नभएको उहाँले दावी गर्नुभयो ।
अदालतको फैसलाले एमाले ब्यूँतिएपछि एमालेमा समानान्तर गतिविधि भैरहेका छन् ।
प्रतिक्रिया