Main News

कोरोना संक्रमण जोखिम बढेको भन्दै सरकारद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते १८:०१
कोरोना संक्रमण जोखिम बढेको भन्दै सरकारद्वारा स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै भिडभाड हुने काम नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर सचेत रहन सबैलाई अपील गरेको हो । पछिल्ला केही हप्तादेखि छिमेकी देश भारत लगायत देशमा कोभिड–नाइन्टिनको संक्रमण बढ्दै गएको भन्दै मन्त्रालयका प्रवक्ता प्राध्यापक जागेश्वर गौतमले निकालेको विज्ञप्तिमा सतर्कता अपनाउन भनिएको छ ।

छिमेकी देशमा जस्तै नेपालमा संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस, र्‍याली, भेला, गोष्ठी, बैठक र भिडभाड हुने व्यवसाय र कार्य नगर्न र सामाजिक र भैतिक दूरी राख्नुका साथै मास्कको अनिवार्य प्रयोग गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

सरकारले भिडभाडयुक्त गतिविधि नगर्न भने पनि राजनीतिक दलहरुले केही समययता त्यस्ता गतिविधि गरिरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी एमाले, त्यसको असन्तुष्ट समूह र पुष्पकमल प्रचण्डको पार्टी माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यस्ता गतिविधि गर्ने गरेका छन् ।

आज थप ७७ जनामा कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म २ लाख ७५ हजार ९ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ हजार १६ जनाको ज्यान गइसकेको छ ।

पछिल्लो पटक छिमेकी भारत लगायतका देशमा संक्रमण बढेपछि नेपालमा पनि संक्रमण बढ्न सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *