Main News

सुनुवाइबिनै ४० वर्ष जेल बसेका दुर्गाप्रसाद आफ्नो घर पुगे (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ८ गते १७:१४
सुनुवाइबिनै ४० वर्ष जेल बसेका दुर्गाप्रसाद आफ्नो घर पुगे (भिडियो रिपोर्टसहित)

८ चैत २०७७ इलाम । सुनुवाइबिनै ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दुर्गाप्रसाद तिम्सिना थुनामुक्त भएर आज घर पुग्नु भएको छ ।

इलामको माइ नगरपालिका वडा नम्बर १० लुम्बाकस्थित घर पुगेर दुर्गाप्रसादले आमा धनमायासँग खुसी साट्नु भएको छ । परिवार, पत्रकार र कोलकातास्थित महावाणिज्य दूतावास कार्यालयका प्रतिनिधिका साथ विश्व सेवा विस्तार संस्थाको पहलमा दुर्गाप्रसाद आज बिहान काँकडभिट्टा आइपुग्नु भएको थियो ।

भारत पश्चिम बंगालको कोलकाताको दमदम केन्द्रीय कारागारमा रहेका दुर्गाप्रसाद कोलकाता उच्च अदालतको आदेशमा छुट्नु भएको हो । शारीरिक र मानसिक रुपमा कमजोर दुर्गाप्रसादलाई लिन भाइ प्रकाशचन्द्र दमदम जेल पुग्नु भएको थियो ।

अदालत र प्रकाशचन्द्रबीचको सम्झौतासहितको पत्र शुक्रबार दिउँसो अदालतले जेल पठाएको थियो । त्यही पत्रका आधारमा जेल प्रशासनले दुर्गाप्रसादलाई छाडेको हो । अदालतले दुर्गाप्रसादको दिमागी हालत ठीक नभएको भन्दै घरमै राखेर उपचार गर्नसमेत आदेश गरेको छ ।

अदालतले प्रत्येक ६–६ महिनामा दुर्गाप्रसादको स्वास्थ्य अवस्थाबारे जानकारी गराउन पनि आदेश दिएको छ । अदालतले क्षतिपूर्तिबारे केही बोलेको छैन ।

हत्या आरोपमा दार्जलिङबाट पक्राउ परेका दुर्गाप्रसादलाई कुनै सुनुवाइबिना नै ४० वर्षसम्म भारतका विभिन्न जेलमा राखिएको थियो । यो घटनापछि भारतीय न्याय प्रक्रियाको चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *