Main News
म प्रधानमन्त्री बन्न हतारिएको छैनः सभापति देउवा
२०७७ चैत ७ गते १८:४६

७ चैत २०७७ चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न नहतारिएको बताउनुभएको छ ।
गिरिजाप्रसाद कोइरालाको ११ औं स्मृति दिवसको अवसरमा चितवनमा आयोजित कार्यक्रममा सभापति देउवाले माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको अवस्थामा सरकारको नेतृत्व लिन कांग्रेस नहतारिने प्रष्टिकरण दिनुभयो ।
उहाँले निर्वाचनबाट जनताको विश्वास जितेर अब बहुमतको सरकार बनाउने दाबी पनि गर्नुभयो ।
कार्यक्रममा कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले कम्युनिष्ट सरकारसँग इमान नहुँदा देशले दुख पाइरहेको आरोप लगाउनुभयो ।
प्रतिक्रिया