Main News

प्रतिनिधिसभाले विस्तारै लय समात्ने सभामुख सापकोटाको विश्वास

हिमालय टिभी
२०७७ चैत ७ गते १३:३७
प्रतिनिधिसभाले विस्तारै लय समात्ने सभामुख सापकोटाको विश्वास

७ चैत २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले विस्तारै लय समात्ने बताउनुभएको छ ।

आज जी.पी.कोइराला मेमोरियल (सामुदायिक) कलेजको आठौँ वार्षिकोत्सव समारोहमा बोल्दै सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको हो ।

संसद छलफल, बहस, वादविवाद र संवाद हुँदै अघि बढ्ने भन्दै उहाँले चुनौतीहरुको सामना गर्न प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेको बताउनुभयो । संसदको अनेकौ चुनौतीहरुको सामना गर्दै गुणस्तरीय कानून निर्माणका लागि प्रयत्न गरिरहेको पनि उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो –‘अलिकति समस्याहरु छन् । त्यसलाई लयमा फर्काउनका लागि बढी नै मेहनत गर्नुपर्ने आवश्यकता छ । तर हिजोबाट तपाईहरुलाई लाग्यो होला अब त्यसले लय समात्छ । त्यसले गति लिन्छ । त्यो जिवन्त र जनमूखी हुने नै छ । हामीले संसदलाई जीवन्त र जनमूखी बनाउने प्रण गरेका छौँ ।

संसदको मुख्य काम कानून निर्माण गर्नु रहेको भन्दै सभामुख सापकोटाले गुणस्तरीय कानून निर्माणमा भगिरथ प्रयास बताउनुभयो । उहाँले भन्नुभयो–संसदको मुख्य काम कानून निर्माण गर्ने हो । कानून निर्माण गर्ने कुरामा हामी अनेकन चुनौतीको सामना गर्दै त्यसलाई गुणस्तरीय कानुन निर्माण गर्नका लागि भगिरथ प्रयत्न गर्दैछौँ र त्यसपछि बनेको कानूनहरु कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हुनेछ । चुनौतीहरु अवश्य छन् । समस्याहरु अवश्य छन् । नयाँनयाँ उपायहरु प्रतिकुलतामा पनि अनुकुलता खोज्ने उपायहरु खोजिरहेका छौँ र विस्तारै समय लाग्छ तर म विश्वास दिलाउन चाहन्छु की त्यसले फेरी गति लिनेछ । जीवन्त र जनमुखी हुनेछ । संसद भनेको छलफल, वहस, वादविवाद, संवाद हुँदै अगाडी जाने कुरा हो । वादविवाद छ अब सम्वाद हुँदै अगाडी बढ्छ ।’

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले राजनीतिक पार्टीहरुबीच सहमति र सहकार्य हुन नसकेको भन्दै सहमतिसाथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो –‘मुलुक तरलताको अवस्थामा छ । अझैपनि राजनीतिक पार्टीमा सहमति, सहकार्य र एकता हुन सकेको छैन । मुलुकलाई समृद्धितर्फ, राजनीतिक स्थिरतातर्फ लगेर जान आवश्यक छ ।’

सांसद प्रधानले राजनीतिक सहमति नभए मुलुकमा अस्थिरता हुनाले देशमा विकास र शान्ति नहुने पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *