पश्चिमी वायुको प्रभावका कारण आज देशभर मौसम बदली हुने

७ चैत २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम बदली भइ वर्षा हुने बताएको छ ।
महाशाखाका अनुसार स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभावले देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली रहनेछ ।
महाशाखाले जारी गरेको विवरण अनुसार आज दिउँसो प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ ।
महाशाखाले विशेषगरी पहाडी भेगमा वर्षा हुने तथा काठमाडौं उपत्यकाका पनि निश्चित स्थानमा वर्षाको सम्भावना रहेको पनि बताएको छ ।
मौसम महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज राति पनि प्रदेश नम्बर १ को पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।
यस्तै देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया