Main News

अब पाँच वर्ष सरकार चलाउने म्याण्डेट पाएको नेकपा छैनः गगन थापा

हिमालय टिभी
२०७७ चैत ६ गते १९:११
अब पाँच वर्ष सरकार चलाउने म्याण्डेट पाएको नेकपा छैनः गगन थापा

६ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले ५ वर्ष सरकार चलाउने म्यान्डेड पाएको नेकपा नै नरहेका अब सरकारमा कांग्रेसले दाबी गर्ने बताउनुभएको छ ।

पोखरामा आज भएको कार्यक्रममा नेता थापाले नेकपा विघटन भएर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युतिएपछि संसदमा सबै दल बराबर हैसियतमा रहेको दाबी गर्नुभयो । उहाँले अब बन्ने नयाँ सरकारको नेतृत्वका लागि कांग्रेसले औपचारिक रुपमा नै दाबी गर्ने बताउनुभयो ।

माओवादी केन्द्र र जनता समाजवादी पार्टीले तुरुन्त निर्णय लिनुपर्ने र प्रधानमन्त्री ओलीलाई जतिसक्दो चाँडो बिदा गर्नु पर्ने नेता थापाको भनाइ छ । उहाँले केपी शर्मा ओलीको नेतृत्वमा निष्पक्ष चुनाव हुनै नसक्ने दाबी पनि गर्नुभयो ।

प्रधानमन्त्री ओली संसदलाई औचित्यहीन बनाउने प्रयासमा लागिरहेको पनि कांग्रेस नेता थापाको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *