Main News

आजदेखि शुरु हुँदै भ्वाइस अफ नेपाल सिजन–३, कस्तो छ कार्यक्रम ? यस्तो भन्छन् प्रिमियर हेरेकाहरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ६ गते १८:५५
आजदेखि शुरु हुँदै भ्वाइस अफ नेपाल सिजन–३, कस्तो छ कार्यक्रम ? यस्तो भन्छन् प्रिमियर हेरेकाहरु (भिडियो रिपोर्टसहित)

६ चैत २०७७ काठमाडौं । गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को प्रसारण आजदेखि शुरु हुँदैछ ।

हरेक शुक्रबार र शनिबार हिमालय टीभी एचडीमा प्रसारण हुने कार्यक्रमको पहिलो श्रृङखला आज राती ८ बजे प्रसारण हुनेछ । ब्लाइन्ड अडिसनमा सहभागी प्रतिभाहरुले कोचलाई आफ्नो आवाजले प्रभावित पार्नुपर्ने छ ।

आवाजले प्रभावित हुने कोचको कुर्सी घुमेसँगै प्रतिस्पर्धीको भाग्य पनि घुम्नेछ, अर्थात् भ्वाइसको आगामी यात्राका लागि प्रतिस्पर्धी छनौट हुनेछन् ।

यो सिजनमा पनि निकै क्षमतावान प्रतिभाहरु ब्लाइन्ड अडिसनमा आइपुगेको कार्यक्रमका निर्देशक लक्ष्मण पौड्यालले जानकारी दिनुभयो । यसपटकको सिजनमा एक जना कोच परिर्वतन भएका छन् ।

कोच दीप श्रेष्ठ, प्रमोद खरेल र राजु लामाका साथमा नयाँ कोच तृष्णा गुरुङ हुनुहुन्छ । यो पटकको भ्वाइस अफ नेपाल सिजन थ्री कस्तो होला त ? ग्रान्ड प्रिमियर हेरेका दर्शकको प्रतिक्रिया समेटेर तयार पारिएको यो सामग्री हेर्नुहोस्:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *