Main News

पूर्वमन्त्री जोशीको उपचारमा सरकारले दश लाख सहयोग गर्ने

हिमालय टिभी
२०७७ चैत ६ गते १३:४५
पूर्वमन्त्री जोशीको उपचारमा सरकारले दश लाख सहयोग गर्ने

६ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको उपचारमा सरकारले १० लाख सहयोग गर्ने भएको छ।

नेपाल सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले आज बिहान थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारारत जोशीको स्वास्थ्य अवस्था बुझ्दै परिवारका सदस्यहरुलाई सहयोगबारे जानकारी गराउनुभएको हो ।

उपप्रधानमन्त्री पोखरेलले नर्भिक अस्पतालका चिकित्सकहरुबाट जोशीको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिनुभएको छ ।

गत फागुन १४ गते मष्तिष्कघात भई नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ। उपचार सुरु भएको केही दिनपछि स्वास्थ्यमा सुधार देखिएसँगै भेन्टिलेटरबाट बाहिर निकालिएको थियो।

तर, त्यसको केही दिनपछि स्वास्थ्य अवस्था पुनः बिग्रिएपछि पुनः भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको छ। जोशीको अहिलेको अवस्था गम्भीर भएकाले कोमामा राखेर उपचार गरिएको वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *