सरकारका मुख्य कानूनी सल्लाहकार महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा
६ चैत २०७७ काठमाडौं । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिनुभएको छ ।
सरकारका मुख्य कानूनी सल्लाहकारका रूपमा रहेका खरेल प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहसका क्रममा कमजोर देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट हुनुहुन्थ्यो ।
उहाँले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उहाँलाई महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्रीसँग आफूले सल्लाह गरेर नै राजनीनामा दिएको र आगामी दिनमा आफू सक्रिय राजनीतिमा क्रियाशील रहने उहाँले बताउनुभयो ।
खरेलले संसद पुनःस्थापना भएलगत्तै राजीनामा दिने तयारी गरेको भए पनि नेकपा खारेजी र एमाले ब्युँतिएपछिको राजनीतिक अवस्थाले राजीनामा दिनु भएको थिएन ।
२०६४ र २०७० को संविधानसभा सदस्य रहेका खरेल प्रधानमन्त्री ओलीको पहिलो कार्यकालमा कानूनमन्त्री हुनुभएको थियो ।
प्रतिक्रिया