Main News
सरकारले आवश्यक विजनेश नदिँदा पुनर्स्थापित संसद बैठक शोक प्रस्तावमा सीमित
२०७७ चैत ६ गते ७:५७
६ चैत २०७७ काठमाडौं । सरकारले आवश्यक विजनेश नदिँदा प्रतिनिधिसभाको आजको बैठक पनि शोक प्रस्ताव पारित गरेर सकिँने भएको छ ।
संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि तय भएको बैठकमा राष्ट्रियसभाका पूर्वसदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव पेश हुने कार्यसूची छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिवेदन पेश गर्ने कार्यसुची छ ।
सर्वोच्च अदालतबाट पुनस्थापित प्रतिनिधिसभामा पेश हुने विधेयक र अध्यादेशबारे दलहरुबीच सहमति हुन नसक्दा बैठक निश्प्रभावि हुँदै गएको छ ।
प्रतिक्रिया