कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आज शुरु हुँदै

Himalaya Television
२०७७ चैत ६ गते ६:३०

कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन आज शुरु हुँदै

६ चैत २०७७ काठमाडौं । ‘विषम् परिस्थितिमा न्यायमा पहुँच र समानमा : कानून व्यवसायी महिलाकोे प्रबिद्धता’ भन्ने नाराका साथ २९ औँ कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलन– २०७७ आज शुरु हुँदैछ ।

सम्मेलन भोलिसम्म चल्नेछ । नेपाल बार एसोसिएसन महिला समितिले भर्चुअलरुपमा गर्न लागेको सम्मेलनको उद्घाटन सर्वोच्च अदालतका न्यायाधीश सपना मल्लले उद्घाटन गर्नुहुनेछ ।

प्रा डा शशि अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । यसवर्ष विपद्, युद्ध र महामारीमा महिलामा नै बढी असर पर्ने भएकाले उनीहरुलाई न्यायमा पहुँच पु¥याउने भन्ने विषयमा सम्मेलनमा छलफल हुनेछ ।

बारको महिला समितिले प्रत्येक वर्ष महिलालाई न्यायमा पहुँच कसरी पु-याउने भन्ने विषयमा फरकफरक विषयमा सम्मेलन गर्दै आएको छ । नेपालमा कूल कानून व्यवसायी महिला तीन हजार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs