Main News

चैत तेस्रो साताभित्र भाडा वृद्धि नगरिए यातायात नचलाउने व्यवसायीको चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ५ गते १६:५०
चैत तेस्रो साताभित्र भाडा वृद्धि नगरिए यातायात नचलाउने व्यवसायीको चेतावनी (भिडियो रिपोर्टसहित)

५ चैत २०७७ काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चैत्रको तेस्रो साताभित्र भाडा समायोजन गर्न गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङलाई ज्ञापन पत्र बुझाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले मूल्यवृद्धिको आधारमा चैत्रको तेस्रो साताभित्र भाडा समायोजन गर्न माग गर्दै ज्ञापनपत्र बुझाएको हो । चैत्रको तेस्रो साताभित्र भाडा समायोजन नगरिए सवारी साधन नचलाउने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

यस्तै वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्ष अवधि पुगेका सार्वजनिक साधनहरुलाई म्याद थप गरी सञ्चानलको अनुमति दिन माग पनि गरेको छ ।

महासंघले वैकल्पिक व्यवस्था नभएसम्मका लागि २० वर्षे अवधि पुगेर पनि हाल सञ्चालन भइरहेका सवारी साधनहरुलाई म्याद थप गरी सञ्चालन गर्ने व्यवस्था गरिदिन अनुरोध गरेको हो । प्राविधिक चेकजाँचको आधारमा सञ्चालन व्यवस्था गरिदिनुपर्ने महासंघको माग रहेको छ ।

२० वर्षे सवारी साधनहरु विस्थापित गरिए नयाँ सवारी साधनका लागि सतप्रतिशत भन्सार छुट गरिदिनुपर्ने माग रहेको पनि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

ज्ञापन पत्र बुझ्दै मन्त्री नेम्बाङले ज्ञापन पत्रको सम्बन्धमा यातायात व्यवस्था विभाग सँग आवश्यक छलफल गर्ने प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *