नेपाल र भारतबीच यातायात सञ्चालन गर्न सिफारिस (भिडियो रिपोर्टसहित)

Himalaya Television
२०७७ चैत ५ गते १४:५०

नेपाल र भारतबीच यातायात सञ्चालन गर्न सिफारिस (भिडियो रिपोर्टसहित)

५ चैत २०७७ काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)ले नेपाल र भारतबीच यातायात सञ्चालन गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ ।

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी) को बैठकले नेपाल र भारतबीचको यातायात सञ्चालन गर्नको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो ।

नेपाल–भारत यातायताका १३ वटा रुटबाट पूर्ववत् रुपमा यातायता सञ्चालनको निम्ति मन्त्रिपरिषद्लाई सिफारिस गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताउनुभयो । यात्रुहरुले पूर्ण रुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने उहाँको भनाइ छ ।

त्यसैगरी बैठकले नेपाल–भारत सिमानामा नेपालतर्फ भन्सार तिरेर सञ्चालन हुने भारतीय नम्बर प्लेटका यातायातका साधन पनि चलाउन दिने सिफारिस गरेको छ । गत चैत्र ११ गतेदेखि नेपालका कोभिड १९ संक्रमणका कारण लकडाउन गरिएपछि नेपाल–भारत यातायात हालसम्म ठप्प रहेको छ ।

यातायातका साधन ठप्प भए पनि सिमानाबाट हजारौँको संख्यामा दैनिक रुपमा आवत् जावत् भइरहेको सन्दर्भमा यातायातका साधन पनि चलाउनका लागि पहल गरिएको सीसीएमसीका सचिव खगराज बरालले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Latest Programs