Main News

नेपाल समूहको कार्यकर्ता भेलामा पुगेका पुराना कम्युनिष्ट नेताहरुले के भने ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ४ गते १९:१८
नेपाल समूहको कार्यकर्ता भेलामा पुगेका पुराना कम्युनिष्ट नेताहरुले के भने ? (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका पुराना नेताहरुले गल्ती सच्याएर पार्टी जोगाउन अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् ।

नेपाल–खनाल समूहको भेलामा सहभागी भएर उनीहरुले ओलीको कार्यशैलीका कारण पार्टी समस्या परेको भन्दै सच्याउन सुझाव दिएका हुन् ।

फागुन २८ गते गरेको एकलौटी निर्णय फिर्ता लिन पनि उनीहरुले अध्यक्ष ओलीलाई आग्रह गरेका छन् । एमाले नेता मोहनचन्द्र अधिकारीले ओली अधिनायकवादी बन्न खोजेको आरोप लगाउनुभयो ।

अर्का पुराना नेता राधाकृष्ण मैनालीले अध्यक्ष ओलीले आफ्नै साथीहरुलाई बाहिर धकेल्न खोजेको भन्दै त्यसो नगर्न र पार्टी एकता जोगाउनका लागि फागुन २८ गतेको निर्णय फिर्ता लिन सुझाव दिनुभयो ।

नेता मोदनाथ प्रश्रितले ओलीको संकीर्णताका कारण एमालेमा समस्या आएको टिप्पणी गर्दै कार्यशैली सुधार्न सुझाव दिनुभयो ।

सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, कमल कोइराला र मोदनाथ प्रश्रित लगायतका पुराना नेताहरु एमालेको खनाल र नेपालका पक्षमा लाग्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *