Main News

प्रधानमन्त्री ओलीमाथि नेपालले लगाए विदेशीको इशारामा चलेको आरोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ४ गते १८:५२
प्रधानमन्त्री ओलीमाथि नेपालले लगाए विदेशीको इशारामा चलेको आरोप (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशीको सेवा गरेको गम्भीर आरोप लगाउनुभएको छ ।

आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि प्रश्न उठाउनुभएको हो । प्रधानमन्त्रीले राष्ट्रिय पूँजीको कुरा गरेर दलाल पूँजी र विदेशीको सेवा गरेको आरोप लगाउनुभयो ।

जनताको बहुदलीय जनवाद सिध्याएर अध्यक्ष ओलीले नक्कली कुरा गरेको भन्दै वरिष्ठ नेता नेपालले आक्रोश व्यक्त गर्नुभयो । ओलीका कुरा नपत्याउन पनि उहाँले कार्यकर्तालाई आग्रह गर्नुभयो ।

वरिष्ठ नेता झलनाथ खनालले नेतृत्वमा आए देखिनै अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा गुटबन्दी शुरु गरेर पार्टीलाई कमजोर बनाएको आरोप लगाउनुभयो । मदन भण्डारी फाउण्डेशनका नाममा ओलीले तलैसम्म गुटबन्दी गरेको र पार्टीलाई दक्षिणपन्थी बनाएको खनालको आरोप छ ।

अध्यक्ष ओलीका कारण पार्टी विभाजन, विसर्जन र विघटनको दिशामा गएको वरिष्ठ नेताहरुको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *