Main News
प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता ओलीले बोलाए संसदीय दलको बैठक
२०७७ चैत ४ गते १८:२८
![प्रधानमन्त्री तथा एमाले संसदीय दलका नेता ओलीले बोलाए संसदीय दलको बैठक](https://www.himalayatv.com/wp-content/uploads/2021/02/kp-oli-12.jpg)
४ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनु भएको छ ।
नेपाल–खनाल समूहको भेला चलिरहेका बेला ओलीले संसदीय दलको बैठक बोलाउनु भएको हो ।
बैठक भोलि बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेता विशाल भट्टराईले जानकारी दिनुभयो । सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई संसदीय दलको बैठकमा आमन्त्रण गरिएको उहाँले बताउनुभयो ।
भट्टराईलाई प्रधानमन्त्री ओलीले साविकको नेकपाको संसदीय दलको नेताको हैसियतमा प्रमुख सचेतकको जिम्मेवारी दिनुभएको थियो ।
प्रतिक्रिया