Main News

जसपाको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मकः जसपा नेता कर्ण

हिमालय टिभी
२०७७ चैत ४ गते १६:४८
जसपाको माग सम्बोधन गर्न प्रधानमन्त्री ओली सकारात्मकः जसपा नेता कर्ण

४ चैत २०७७ काठमाडौं। जनता समाजवादी पार्टीका नेता लक्ष्मणलाल कर्णले आफुहरुका माग सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको बताउनुभएको छ ।

सिंहदरबारमा आज संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले संविधान संशोधन, नागरिकतालगायत जसपाले उठाउदै आएका मुद्दाहरुलाई संवैधानिक र कानूनी बाटोबाट सम्बोधन गर्नेमा प्रधानमन्त्री सकारात्मक देखिनुभएको बताउनुभएको हो ।

राजनीतिक दलहरुबीच सरकार गठनको कसरत चलिरहेका बेला जसपाका नेता कर्णले आफुहरुका मागमा प्रधानमन्त्री ओली सकारात्मक देखिनुभएको बताउनुभएको हो । प्रतिनिधिसभा पुनर्स्थापना लगत्तै सर्वोच्च अदालतको फैसलाबाट एकीकरण भएका वामघटकहरु पूर्वनेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र र नेकपा एमालेमा फर्किएपछि दलहरुबीच सरकार गठनको कसरत तिब्र बनेको छ ।

उहाँले संबै दलहरुसंग छलफल चलिरहेकाले कार्यकारिणी समितिमा छलफल गरेपछि पार्टीले त्यसबारे अन्तिम निर्णय लिने बताउनुभयो ।

जसपाको नेतृत्वमा नयाँ सरकार गठन हुन लागेको हो ? भन्ने संचारकर्मीको जिज्ञासामा उहाँले वर्तमान अवस्थामा जसपाको नेतृत्वमा सरकार बनाउन नहुने तर्क गर्नुभयो । सरकारमा सहभागी हुनु, समर्थन गर्नु र सरकारको नेतृत्व नै लिने विषय भिन्नभिन्न भएको भन्दै उहाँले अरु दलको आड लिएर नेतृत्वमा पुग्न नहुने तर्क गर्नुभयो ।

उहाँले भन्नुभयो “जसपाले अहिलेको अवस्थामा आफ्नो नेतृत्वमा सरकार बनाउन हँुदैन । यो मेरो व्यक्तिगत धारणा हो । यो सरकार अरुको हत्केलामा हुन्छ । अरुको हत्केलामा भएको सरकार जुन बेला पल्टाइदिन्छ, त्यो बेला साफ हुन्छ । त्यसकारणले सरकारमा जानु अलग हो । सरकारलाई समर्थन गर्नु अलग हो । र सरकारै चलाउने विषय झन अलग हो । यसका लागि पार्टीले भने त मेरो विचार काम लाग्दैन । ”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *