Main News

ओलीको चियापानमा सहभागी नेताहरु के भन्छन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते २०:३६
ओलीको चियापानमा सहभागी नेताहरु के भन्छन् ? (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । नेकपा एमालेमा केपी शर्मा ओली र नेपाल–खनाल समूहबीचको विवाद उत्कर्षमा पुगेको छ । अध्यक्ष ओलीले केन्द्रीय सदस्यका लागि आयोजना गरेको चियापानमा नेपाल–खनाल समूह सहभागी भएन । जसका कारण चियापानमा सहभागी भएकाहरु पनि खुसी देखिएनन् ।

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माले ओलीले पार्टीका केन्द्रीय सदस्यका लागि आफ्नै निवास बालुवाटारमा चियापान आयोजना गर्नुभयो । चियापानको निम्तो आएपछि बागमति प्रदेश सांसद नारायण सिलवालले बालुवाटारमा एमालेका सबै नेतालाई भेटिएला भन्ने अपेक्षा गर्नुभएको थियो । तर बालुवाटारमा उहाँको अपेक्षा पूरा भएन ।

फागुन २८ गते आफूहरुको उपस्थितिबिना अध्यक्ष ओलीले बसाएको बैठकका निर्णय खारेज नगरेसम्म सहमति हुन नसक्ने नेपाल खनाल पक्षको अडान छ । दुवै समूहमा अहिले पनि आरोप प्रत्यारोप चलिरहेको छ । त्यसैले एमाले नेता तथा राष्ट्रिय सभा सदस्य कोमल वलीलाई यो चियापान अलि छिटो आयोजना गरियो कि भन्ने लागेको छ ।

ओलीको भन्दा फरक विचार छ इन्दु गौतमको । अर्को पक्षले पार्टी फुटाउन खोजिरहेको उहाँको आरोप छ । तर पनि केही एमाले नेताहरुले पार्टीमा एकताको विकल्प देखेका छैनन् ।

वर्षौँदेखिका सहकर्मी नेपाल खनालसहितका नेता तथा कार्यकर्ताले साथ छाडे पनि ओलीलाई नेकपा माओवादी केन्द्र छाडेर आएका केही नेताको साथ छ । त्यस्तै मध्येका एक हुनुहुन्छ सिन्धुपाल्चोकका दावा लामा । ओली सरकारमा मन्त्री बनेका लामा छलफलबाटै पार्टी एकतावद्ध ढंगले अघि बढ्नेमा विश्वस्त हुनुहुन्छ ।

सर्वोच्च अदालतले पार्टी ब्युँताइदिएपछि नेकपा एमालेका दुवै समूह अहिले एक अर्का प्रति आरोप प्रत्यारोपमा उत्रिएका छन् । शीर्ष नेताको लडाईका कारण केन्द्रीय सदस्य नै अन्योलमा देखिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *