Main News

सिन्धुलीमा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु, सात जना घाइते

हिमालय टिभी
२०७७ चैत ३ गते १८:१२
सिन्धुलीमा भएको सडक दुर्घटनामा चार जनाको मृत्यु, सात जना घाइते

३ चैत २०७७ सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका – ७ करमडाँडामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् ।

सिन्धुलीमाडी बजारबाट बाँसकटेरीतर्फ गइरहेको बा १७ च १११७ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी आभूषण तिमिल्सिनाले जानकारी दिनुभयो । मृत्यु हुनेमा २ महिला एक पुरुष र एक बच्चा छन्।

मृत्यु हुनेमा कमलामाई नगरपालिका –७ का ६० वर्षका रुद्रबहादुर थापा, सोही नगरपालिकाका १८ वर्षीया रिता एस्लानी, १९ वर्षीया दुर्गा श्रेष्ठ उनको २ वर्षको छोरा मनिष श्रेष्ठको मृत्यु भएको छ ।

घाइते भएका ७ जनालाई उपचारका लागि सिन्धुुली अस्पतालमा ल्याइएको छ । गाडी बाँसकटेरीतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । गाडीमा ११ जना सवार थिए । उक्त गाडी अनियन्त्रित भई सडकबाट ६० मिटर तल खसेको थियो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *