Main News

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन हतार नगर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते १७:१८
माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन हतार नगर्ने (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन हतारमा फिर्ता नलिने स्पष्ट गरेको छ ।

सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरी पुरानै अवस्थामा पुर्‍याइदिएपछि पहिलो पटक बसेको माओवादी संसदीय दलको बैठकले हतारमा अविश्वासको प्रस्ताव नलैजाने निष्कर्ष निकालेको छ । बैठकले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन आग्रह गरेको नेता वर्षमान पुनले जानकारी दिनुभयो ।

नेता पुनले माओवादी, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीबीच गठबन्धन सरकार बन्ने दाबी गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमकाविरुद्ध संयुक्त आन्दोलन गरेका कारण तीन दलीय गठबन्धन प्राकृतिक हुने बताउनुभयो ।

माओवादी केन्द्रले सरकारमा सहभागी आफ्ना मन्त्रीलाई भने फिर्ता बोलाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *