Main News

चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप लिन्छः नेता पुन

हिमालय टिभी
२०७७ चैत ३ गते १६:००
चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप लिन्छः नेता पुन

३ चैत २०७७ काठमाडौं । नेकपा(माओवादी केन्द्र) का नेता वर्षमान पुनले चैत ५ गतेपछि सत्ता समीकरणले मूर्त रुप पाउने बताउनुभएको छ ।

आज नेकपा(माओवादी केन्द्र) को संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पुनले चैत्र ५ गते बस्ने जनता समाजवादी पार्टीको बैठकपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपा, नेपालबीचको सत्ता समीकरणले मुर्त रुप पाउने बताउनुभएको हो ।

तीन दलबीच गठबन्धन हुने दाबी गर्दै उहाँले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्ध संयुक्त आन्दोलन गरिएका कारण तीन दलीय गठबन्धन प्राकृतिक हुने पनि बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘५ गते जसपाको बैठक छ । उहाँहरुको त्यो बैठक पछि यो सत्ता समीकरणले मुर्त रुप पाउँछ । माओवादी केन्द्र, नेपाली कांग्रेस र जसपाको बिचमा गठबन्धन बन्छ किन पनि भन्दा हामी सबैले प्रधानमन्त्रीले चालेको कदम असंवैधानिक हो । यसलाई सच्याउनुपर्छ भनेर एकै ठाउँमा उभिएर त्यसबारेमा एउटै धारणा बनाएको सन्दर्भमा, आ–आफ्नो ढंगले आन्दोलन गरेको सन्दर्भमा र संसद पुनर्स्थापना भइसकेको सन्दर्भमा यो एउटा प्राकृतिक गठबन्धन पनि हो ।’

नेता पुनले प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेका कारण विश्वासको मत लिने र कार्यकारी प्रमुख हुने नैतिक आधार गुमिसकेको पनि बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *