राजनीति

माओवादीसँग छलफल गरेर वाम सरकार बचाउन ओलीसँग उपाध्यक्ष गौतमको आग्रह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत ३ गते १४:५७
माओवादीसँग छलफल गरेर वाम सरकार बचाउन ओलीसँग उपाध्यक्ष गौतमको आग्रह (भिडियो रिपोर्टसहित)

३ चैत २०७७ काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले अझै पनि वाम सरकार बचाउन प्रयास गर्नुपर्ने बताउनु भएको छ ।

आफू नेतृत्वको एमाले राष्ट्रिय एकता अभियानको बैठकमा उपाध्यक्ष गौतमले माओवादी केन्द्रसहितको सरकार बनाउनुपर्ने बताउनुभयो । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गर्नुपर्ने पनि उहाँको भनाइ छ ।

अदालतको फैसलालगत्तै एकताबद्ध पार्टी बनाउन आह्वान गर्नुपर्ने ओलीले उल्टै पुनर्स्थापित एमालेका पदाधिकारी हटाएर समस्या ल्याएको उहाँले बताउनुभयो ।

एमाले एकताबद्ध बनाउन अध्यक्ष ओलीकै महत्वपूर्ण भूमिका हुने पनि गौतमले बताउनुभयो । प्रधानमन्त्री एवं अध्यक्ष ओलीले बैठक बोलाएर विधान संशोधन गर्नु गलत भएको पनि उहाँले टिप्पणी गर्नुभयो ।

अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग भएपनि आफ्नो अभियान नरोकिने गौतमले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता प्रक्रिया भंग भएपछि गौतमले आफ्नो अभियानको नाम पनि फेर्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्