Main News

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको चिया नेपाल–खनाल समूहले नखाने

हिमालय टिभी
२०७७ चैत ३ गते ९:१२
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीको चिया नेपाल–खनाल समूहले नखाने

३ चैत २०७७ काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई चियापानका लागि आज बालुवाटार बोलाउनुभएको छ ।

एमालेका २ सय ४१ जना केन्द्रीय सदस्यहरुलाई आज चियापानका लागि बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

केन्द्रीय सदस्यहरुलाई एसएमएसमार्फत आमन्त्रण गरिएको छ । प्रधानमन्त्रीले चियापानका लागि पठाएको सन्देशमा केन्द्रीय कमिटीको १२ औँ बैठकका सन्दर्भमा अनौपचारिक भेटघाट कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिएको उल्लेख छ ।

पछिल्लो समय पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला आयोजना गरिएको यो चियापानले नेताहरुबीच संवादको वातावरण सिर्जना हुने र पार्टी एक भएर अघि बढ्ने अवसर हुने नेताहरुले बताएका छन् ।

तर माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरु भने आजको चियापान कार्यक्रममा सहभागी नहुने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *