Main News

आज एमाले उपाध्यक्ष वामदेव गौतम पक्षीय भेला हुँदै

हिमालय टिभी
२०७७ चैत ३ गते ९:०६
आज एमाले उपाध्यक्ष वामदेव गौतम पक्षीय भेला हुँदै

३ चैत २०७७ काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम समूहको बैठक आज बस्दैछ ।

अध्यक्ष केपी शर्मा अ‍ोलीले उपाध्यक्षसहित एमालेका सबै पदाधिकारी खारेज गरेको विषयमा छलफल गर्न आज बिहान ११ बजे बल्खुस्थित एक पार्टी प्यालेसमा गौतमले भेला बोलाउनु भएको हो ।

उपाध्यक्ष गौतमले प्रधानमन्त्री अ‍ोलीसँग मिल्ने र सँगै जाने सबै सम्भावना समाप्त भएको घोषणा गर्नुभएको थियो । ओलीले आफूनिकट नेताहरुको केन्द्रीय कमिटी बैठक राखेर आफ्नो समूहको सबै जिम्मेवारी खोसेपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूह पनि रुष्ट छ ।

नेपाल पक्षले समानान्तर कमिटी बनाएर ओलीको निर्णयलाई चुनौति दिएको छ । नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएपछि गौतमले राष्ट्रिय एकता अभियान शुरु गर्नु भएको थियो ।

विभाजित नेकपालाई एक बनाउन गौतमले अभियान चलाइरहेका बेला सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताइदिएको थियो।

आजको भेलाले एमाले एकीकरण र सबैको आत्मसम्मान हुनेगरी गतिविधि सञ्चालनका लागि नेतृत्वलाई ध्यानाकर्षण गराइने नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *