Main News

पुनर्स्थापित संसदलाई विजनेशविहीन बनाउँदै सरकार, शोक प्रस्ताव पारित गर्नमै सीमित बैठक

हिमालय टिभी
२०७७ चैत ३ गते ८:००
पुनर्स्थापित संसदलाई विजनेशविहीन बनाउँदै सरकार, शोक प्रस्ताव पारित गर्नमै सीमित बैठक

३ चैत २०७७ काठमाडौं । सरकारले विजनेश नदिएपछि आजको प्रतिनिधिसभा बैठक पनि शोक प्रस्ताव पारित गर्नमै सीमित हुने भएको छ।

सर्वोच्च अदालतले समय नै तोकेर परमादेश दिएपछि सरकारले फागुन २३ गते बस्ने गरी अधिवेशन बोलाएको थियो। अधिवेशनका लागि सरकारले कुनै विजनेशको दिएको छैन।

दर्जनौ विधेयक विचाराधीन रहे पनि सरकारले बैठकमा पेश गर्न चाहेको छैन। सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सरकार पक्षका सांसदले बैठकमा कुनै कार्यसूची राख्न नहुने बताएका थिए।

एमाले मुख्य सचेतक विशाल भट्टराईले दलहरुबीच कुनै सहमति नभएकाले आजको बैठकमा कुनै कार्यसूची राख्न नहुने तर्क पेश गर्नुभएको थियो ।

प्रतिपक्षी दलले संसद बैठकमा शीर्ष नेतालाई बोल्न दिनुपर्ने माग गरे पनि सत्ता पक्षका सांसद सहमत भएनन् । सहमति नजुटेपछि संसद सचिवालयले आजको बैठकमा शोक प्रस्ताव मात्रै पारित गर्ने कार्यसूची निकालेको छ।

अध्यादेश पेश गर्ने विषयमा समेत सहमति जुट्न सकेन । दलहरुबीच नयाँ सत्ता समीकरण बनाउन छलफल चलिरहँदा सरकार भने जतिसक्दो छिटो अधिवेशन अन्त्य गर्न चाहिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *