राजनीति

नेपाल समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने, चियापान बहिस्कार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २ गते १९:११
नेपाल समूहले चैत ४ र ५ गतेको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने, चियापान बहिस्कार (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ काठमाडौं । अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्णयबाट पछि नहट्ने बुझेपछि नेकपा एमालेको नेपाल–खनाल समूहले चैत ४ र ५ गतेलाई निर्धारित राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ ।

ओली समूहसँग भएको वार्तापछि नयाँ बानेश्वरको एक होटलमा भएको नेपाल–खनाल समूहका नेताको भेलाले ओलीले भोलि गर्ने चियापानमा सहभागी नहुने समेत निर्णय गरेको हो ।

नेपाल र खनाल समूहलाई बाइपास गरेर केन्द्रीय सदस्य मनोनित गरेका अध्यक्ष ओलीले भोलि बालुवाटारमा चियापान आयोजना गर्नुभएको छ । यो चिया पानको निम्तो नेपाल–खनाल समूहका नेतालाई पनि छ ।

यस्तै नेपाल–खनाल समूहले अध्यक्ष ओलीले चैत ७ मा बोलाएको केन्द्रीय कमिटी बैठक बहिस्कार गर्ने निर्णय पनि गरेको छ । आजको भेलामा वरिष्ठ नेता नेपालले दिउँसो ओली समूहसँग पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफल बारे नेताहरुलाई जानकारी गराउनुभएको छ ।

अध्यक्ष ओलीसँग एक्लै भेट्न नमानेका नेता नेपाल आफू निकट नेतालाई साथमा लिएर आज धुम्वाराही पुग्नु भएको थियो । आज आफु निकटको भेलामा नेता नेपालले ओली समूह मिल्ने उद्देश्यले नआएको बताउनुभयो ।

छलछाम गरेर फेरि पनि आफ्नो राष्ट्रिय भेला बिथोल्ने ओली समूहको तयारी देखिएको नेपालको विष्लेषण छ । अन्य नेताले पनि अध्यक्ष ओलीलाई विश्वास गर्न नसकिने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्