माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित
२ चैत २०७७ काठमाडौं । भावी रणनीति बनाउन भन्दै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकको दोस्रो दिन आज २० जना नेताले धारणा राखेपछि बैठक स्थगित गरिएको हो । बैठकमा बोल्ने अधिकांश नेताले पार्टीलाई सैद्धान्तिक र सांगठनिक रुपमा चुस्त दुरुस्त राख्नुपर्ने धारणा राखेका छन् ।
नयाँ सरकार गठनका लागि विभिन्न पार्टीसँग वार्ता गर्नुपर्ने भएकाले बैठक केहीदिन स्थगित गर्नुपरेको नेता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
नेता श्रेष्ठले माओवादीबाट मन्त्री बनेका नेताहरुलाई स्पष्टिकरणको पत्र पठाइसकेको तर उनीहरुले जवाफ नदिएकाले अब प्रक्रिया अनुसार अघि बढ्ने बताउनुभयो ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादीलाई ब्यूँताइदिएपछि माओवादी केन्द्रले भावी रणनीति तय गर्न केन्द्रीय समिति बैठक बोलाएको थियो ।
प्रतिक्रिया