Main News

आफ्नै मन्त्रालयको सचिवलाई कारबाही माग गर्दै मन्त्रीले गरे पत्राचार

हिमालय टिभी
२०७७ चैत २ गते १७:११
आफ्नै मन्त्रालयको सचिवलाई कारबाही माग गर्दै मन्त्रीले गरे पत्राचार

२ चैत २०७७ सुर्खेत । कर्णाली प्रदेश सरकारमा अनौठो घटना भएको छ । प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले आफ्नै मन्त्रालयमा कार्यरत सचिवलाई कारबाही गर्न माग गर्दै मुख्यमन्त्रीलाई पत्र लेख्नुभएको छ ।

मन्त्री रावलले मन्त्रालयका सचिव लोकनाथ पौड्यालले कामको सिन्को पनि नभाँचेको आरोप लगाउँदै कारबाही गरिदिन माग गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पत्र लेखेको सार्वजनिक भएको छ ।

सचिव पौड्यालले पदबहाली गरेको समयदेखिनै मन्त्रालयको कामकाजभन्दा व्यक्तिगत कामलाई मात्र महत्व दिएको, पदको जिम्मेवारी, दायित्व र कर्तव्यलाई सिरानीमा हालेर निदाएको मन्त्री रावलले लेखेको पत्रमा आरोप लगाइएको छ ।

चालू आर्थिक वर्षको दोस्रो चौमासिक सकिन लाग्दा पनि मन्त्रालयका कुनै काम अघि नबढेपछि पत्र लेख्न बाध्य भएको मन्त्री रावलले बताउनुभयो ।

चालू आर्थिक वर्षकोअन्तिमतिर आउँदासम्म पनि मन्त्रालयको काममा सिन्को भाँच्नेसम्मको काम नगरेको भन्दै पत्रमा सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाइदिन आग्रह गरिएको छ ।

चालू आर्थिक वर्षको दोस्रो चौमासिकसम्म सामाजिक विकास मन्त्रालयले ३ प्रतिशत भन्दा केही बढी मात्रै विकास खर्च गरेको छ ।

दैलेखको आठबीस नगरपालिकामा ट्रमा सेन्टर, ७८ वटै स्थानीय तहमा खेल मैदान, पाँच जिल्लाका अस्पताल भवन निर्माण लगायतका काम सचिवकै कारण अघि नबढेको मन्त्री रावलको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *