नेता नेपालले भने–ओलीसँगको वार्ता शुरुमा गलियो र छुट्टिने बेला टर्रो भयो (भिडियो रिपोर्टसहित)
२ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको आज भएको वार्ताको शुरुवात ‘गुलिया’ भए पनि छुट्टिने बेला ‘टर्रो’ भएको बताउनु भएको छ ।
पार्टी केन्दीय कार्यालय धुम्बाराहीमा भएको वार्तापछि संचारकर्मीहरुसँग कुरा गर्दै वरिष्ठ नेता नेपालले वार्ताको शुरुवात राम्रो भए पनि छुट्निे बेला टर्रो भएको प्रतिक्रिया दिनु भएको हो ।
उहाँले भन्नुभयो “शुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो ।
छलफलका क्रममा सर्वोच्चको फैसलापछि पूर्व अवस्थामै जानुपर्नेमा आफूहरुले जोड दिए पनि अध्यक्ष ओलीले नमानेको नेता नेपालले बताउनुभयो ।
उहाँले भन्नुभयो–‘सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्व एमालेको जुन पुरानो अवस्था हो यो अवस्थामा पार्टीको संरचना, पदाधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकतावद्ध बनाउँ, आन्दोलनलाई पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौं भन्यौ । अरु कुराभन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन । ”
प्रतिक्रिया