Main News

मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २ गते १५:०८
मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने (भिडियो रिपोर्टसहित)

२ चैत २०७७ काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले मुस्लिम समुदायको थर सूचीकृत गर्ने भएको छ ।

मुस्लिम समुदायभित्र विभिन्न थर रहेका कारण समुदायलाई पहिचान गर्न समेत गाह्रो भएको भन्दै आयोगले थर सूचीकृत गर्ने भएको हो ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले थर सुचिकृत गर्न मोरङ, सुनसरी, सप्तरी, पर्सा, बाँके र पाल्पामा अध्ययन भएको जानकारी दिनुभयो। अहिलेसम्म मुस्लिम समुदायका ४५ वटा थर फेला परेको आयोगले थप अध्ययन गरेर ती थर सार्वजनिक गर्ने छ ।

मदरसामा पढेका छात्रालाई अरु सरकारी तथा निजी विद्यालयमा पढ्दा पोशाकको असहजता भएको गुनासो आएको भन्दै आयोगले छात्रालाई सहज हुने पोशाक लगाउने बातावरण बनाइदिन शिक्षा मन्त्रालयलाई अनुरोध गरेको छ ।

आर्थिक वर्ष २०७६०७७ मा आयोगलाई प्राप्त भएको ५ करोड ६ लाख रुपैयाँ मध्ये २ करोड ५१ लाख रुपैयाँ मात्र खर्च भएको आयोगले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *