Main News

निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप आयात गर्न दिने सरकारको तयारी

हिमालय टिभी
२०७७ चैत २ गते १४:०५
निजी क्षेत्रलाई कोरोनाविरुद्धको खोप आयात गर्न दिने सरकारको तयारी

२ चैत २०७७ काठमाडौं । कोरोनाविरुद्धको खोप आयातका लागि सरकारले निजी क्षेत्रलाई अनुमति दिने भएको छ ।

सरकारले खरिद गरेर ल्याउन लागेको खोप आयातमा ढिलाई हुने भएपछि निजी क्षेत्रलाई आयात गर्न दिने निर्णय गरेको हो ।

औषधि व्यवस्था विभागले सार्वजनिक सूचना जारी गर्दै अनुमतिका लागि इच्छुक उत्पादक, कम्पनी, आधिकारिक आयातकर्ता वा उत्पादकले तोकेको आधिकारिक विक्रेतालाई औषधि वा खोपको आपतकालीन प्रयोगसम्बन्धी संहित २०७७ मा तोकिएका कागजातसहित ७ दिनभित्र आवेदन दिन आव्हान गरेको छ ।

खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी बढीमा १० प्रतिशत नाफा कायम हुने गरी विवरण पेश गर्नुपर्ने छ । नेपालमा हाल भारतको कोभिशिल्ड र चीनको सिनोफार्मले उत्पादन गरेका खोप प्रयोगका लागि अनुमति पाएका छन् ।

यी दुई कम्पनीका साथै विश्व स्वास्थ्य संगठनले अनुमति तथा सूचीकृत गरेका खोप आयात गर्न सक्ने विभागले जनाएको छ । उता खोप आयात गर्न कानूनी बाटो खोलिदिए पनि सहजै खोप आयात गर्न नसकिने औषधि आयातकर्ताको भनाइ छ ।

राष्ट्रिय हितको लागि खोप ल्याउनु पर्ने भएकोले सरकारले व्यवसायीको लगानी सुनिश्चित गरिदिनुपर्ने उनीहरुको माग छ । ​सरकारले हालसम्म करिब २३ लाख डोज खोप ल्याएको छ। पहिलोपटक भारतले १० लाख डोज खोप अनुदानमा दिएको थियो।

त्यसपछि सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौता गर्दै अग्रिम भुक्तानी भइसकेको छ । तर १० लाख डोज खोप दिएको सिरमले बाँकी १० लाख डोज खोप तत्काल उपलब्ध गराउन नसक्ने जनाएपछि नेपालमा खोप अभियान नै प्रभावित हुने देखिएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *