Main News

नेपाली सेनाले विभिन्न ६ वटा हिमाल सफाइ अभियान थाल्ने

हिमालय टिभी
२०७७ चैत २ गते ७:४२
नेपाली सेनाले विभिन्न ६ वटा हिमाल सफाइ अभियान थाल्ने

२ चैत २०७७ काठमाडौं । नेपाली सेनाले हिमाल सफाइ अभियान थाल्ने भएको छ । सफाइ अभियानबाट विभिन्न छवटा हिमालमा रहेको ३५ टनसम्म फोहोर सङ्कलन गरिने भएको छ ।

अन्य विभिन्न सङ्घसंस्थासँगको समन्वयमा नेपाली सेनाले अगामी महिना सञ्चालन गर्न लागेको सफा हिमाल अभियानमा उक्त परिमाणमा फोहोर सङ्कलन र व्यवस्थापन गरिने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिनुभयो ।

सरसफाइ अभियान यही चैत ३१ गतेदेखि सुरु हुने छ । वैशाख २ गते टोली हिमाल प्रस्थान गर्ने कार्यक्रम तय भएको छ । प्रवक्ता पौडेलका अनुसार सगरमाथाबाट १६ टन, ल्होत्से हिमालबाट एक टन, मकालु, धौलागिरि र आमादब्लमबाट पाँच–पाँच टन, पुमोरी हिमालबाट तीन टनसम्म फोहोर सङ्कलन गरिनेछ ।

सफा हिमाल अभियानले प्रदूषण नियन्त्रण र हिमाल सरसफाइबाट विश्वव्यापी तापक्रमको नियन्त्रणमा टेवा पु-याउने, पर्यटनको साथसाथै पर्वतारोहीलाई आकर्षित गर्ने, भावी पुस्ताका लागि हिमाल संरक्षण गर्ने लक्ष्य लिएको छ ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा मात्रै तीन सयभन्दा बढी आरोहीको शवसहित १४ हजार टन फोहोर रहेको अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *