Main News

मोहन वैद्यले दिए फेरि बन्दुक उठाउने चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १ गते २०:४१
मोहन वैद्यले दिए फेरि बन्दुक उठाउने चेतावनी (भिडियो रिपोर्टसहित)

१ चैत २०७७ काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले संसदीय व्यवस्थाको विरोध गर्दै काठमाण्डौमा प्रदर्शन गरेको छ ।

अहिलेको व्यवस्थाले जनताका समस्या समाधान नहुने भन्दै क्रान्तिकारी माओवादीले व्यवस्थाको विरोधमा प्रदर्शन गरेको छ ।

शान्तिवाटिकामा भएको सभामा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले मुलुकमा फेरि बन्दुक उठ्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले भने जस्तो मुलुकमा शान्तिको युग शुरु नभएको उहाँको दावी छ ।

वैद्यले आफ्नो पार्टीले संसदीय व्यवस्था स्वीकार नगरेको र घुमाउरो ढंगले विप्लव नेतृत्वको नेकपा पनि संसदीय राजनीतिमा नआएको दावी गर्नुभयो ।

वैद्य नेतृत्वको माओवादीले संसदीय व्यवस्था फाल्न भन्दै विप्लव नेतृत्वको नेकपा सहितका दलसँग रणनैतिक मोर्चा बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *