Main News

हनुमन्ते करिडोरमा डोजर चलाएकोमा स्थानीयले जनाए आपत्ति

हिमालय टिभी
२०७७ चैत १ गते १८:१९
हनुमन्ते करिडोरमा डोजर चलाएकोमा स्थानीयले जनाए आपत्ति

१ चैत २०७७ काठमाडौं । हनुमन्ते खोला करिडोरमा अवस्थित भौतिक संरचना हटाउन डोजर चलाएपछि स्थानीयबासिन्दाले आपत्ति जनाएका छन् ।

हनुमन्ते खोला करिडोरभित्र पर्ने केही भौतिक संरचनामाथि डोजर चलाइएको थियो । यस क्षेत्रमा अवस्थित साख मेटल एण्ड ऐलाइड ईन्डष्ट्रिज र नेपाल पेन्ट ईन्डष्ट्रिज प्रालि लगायतका उद्योग र स्थानीय बासिन्दाको भौतिक संरचनामा माथिको आदेश भन्दै डोजर चलेपछि विरोध भएको हो ।

सूर्यविनायक नगरपालिकाले सात दिनभित्र खोला किनारका संरचना हटाउन परिपत्र गरेको थियो । ४० वर्ष पुरानो उद्योगको संरचना ७ दिनभित्र हटाउन नसकेको र कुनै पत्र र जानकारीबिना उद्योगमाथि डोजर चलाइएको साख मेटल एण्ड ऐलाइड ईन्डष्ट्रिजका प्रोपाइटर विश्व साखले बताउनुभयो ।

करिडरमा किसानको हजारौँ रोपनी जग्गा पर्ने भन्दै स्थानीय बासिन्दाले सरकारले क्षतिपुर्ति दिनुपर्ने माग माग गरेका छन् ।

स्थानीयबासिन्दाले आफूहरु विकास विरोधी नभएको तर विकासका नाममा आफूहरुलाई सुकुम्बासी बनाउन लागिएकाले विरोध गर्नु परेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *