फास्टट्रयाकको दोश्रो चरणको ठेक्कामा भएको अनियमिततामा लेखाको चासो (भिडियो रिपोर्टसहित)
१ चैत २०७७ काठमाडौं । संघीय संसद, प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले तराई मधेस द्रुतमार्ग अर्थात फास्टट्रयाकको दोश्रो चरणको ठेक्का प्रक्रियामा अनियमिता भएको भन्दै परेको उजुरीमा छानबिन गर्ने भएको छ ।
फास्टट्रयाक निर्माणको जिम्मा पाएको नेपाली सेनाले फेज टु अर्थात् दोश्रो चरणको ठेक्का प्रक्रियामा अनियमितता गरेको भन्दै समितिमा उजुरी परेको थियो ।
समितिले उजुरीमा उल्लेखित दाबी तथा प्रमाणको रुपमा पेश गरिएको कागजातका आधारमा समितिले सम्बन्धित निकायहरुसँग विभिन्न ११ बटा विषयमा प्रतिक्रिया मागेको छ ।
समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले प्रारम्भिक छानबिनका लागि सम्बन्धित निकायसँग डकुमेण्ट मागिएको जानकारी दिँदै समितिको आगामी बैठकमा एजेण्डाको रुपमा प्रवेश गराउने गरी तयारी गरिएको बताउनुभयो ।
राष्ट्रिय गौरवको आयोजना तथा सार्वजनिक महत्वको फाष्टट्रयाक निर्माण कार्यमा प्रतिष्पर्धात्मक मूल्यमा आधारित भएर सक्षम र प्रतिष्पर्धी कम्पनी छनौट होस् भन्ने हिसावले समितिले सकारात्मक रुपमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
प्रतिक्रिया