Main News

साउदीमा कार्यरत नेपालीले पनि काम परिवर्तन गर्न पाउने

हिमालय टिभी
२०७७ चैत १ गते १४:१०
साउदीमा कार्यरत नेपालीले पनि काम परिवर्तन गर्न पाउने

१ चैत २०७७ काठमाडौं । साउदी अरबमा कार्यरत नेपालीसहित अन्य श्रमिकले अब चाहेको बेला काम परिवर्तन गर्न पाउने भएका छन् ।

साउदी अरबले रोजगारदाता वा कम्पनीले कामदारमाथि कडा नियन्त्रण गर्ने कफला प्रणाली खुकुलो पारेर आजदेखि कार्यान्वयनमा ल्याएसँगै अब त्यहाँका प्रवासी श्रमिकमाथि रोजगारदाता वा कम्पनीको नियन्त्रण कम हुनेछ ।

सरकारले गत नोभेम्बर महिनामामा कफाला प्रणाली श्रमिक मैत्री बनाउने प्रतिवद्धता जनाएको थियो । अब त्यहाँको निजी क्षेत्रमा काम गरिरहेका मजदुरले मालिकको अनुमति बिना नै रोजगारस्थल परिवर्तन गर्न पाउनेछन् भने चाहेका बेला आफ्नो देश फर्कन सक्नेछन्।

मानव अधिकारवादी कार्यकर्ताहरूले साउदी सरकारी कदमको स्वागत गरेका छन् । तर अझै यस प्रणालीका केही हिस्सा कायमै राखिएकाले त्यसलाई पनि पूर्णतः अन्त्य गर्न उनीहरूको माग छ ।

यसअघिको कफाला प्रणालीमा कुनै मजदुरले काम छाड्नु परेमा रोजगारदाताको अनुमति लिनुपर्थ्यो। निजी क्षेत्रमा काम गरिरहेका मजदूरहरू आफैंले सरकारी सेवाका लागि आवेदन दिन पनि पाउनेछन् ।

त्यस्तै रोजगारदातासँग गरिएको सेवा सम्झौता समेत अनलाइनमै राखिनेछ। साउदी अरबमा चार लाख बढी नेपाली कार्यरत छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *