देशलाई बर्बाद हुनबाट जोगाउन प्रधानमन्त्री ओलीलाई हटाउनुपर्छः नेता पौडेल (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ बागलुङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई दुर्घटनामा पार्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनुपर्ने बताउनु भएको छ ।
नेपाल प्रेस यूनियन बागलुङले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले अहिलेको समयमा देश बर्बाद हुनबाट जोगाउन ओलीलाई पदबाट हटाउनुको विकल्प नभएको बताउनुभयो ।
नेता पौडेलले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र माओवादी केन्द्र मिलेर नै सरकार बनाउनुको विकल्प नरहेको बताउनुभयो ।
उहाँले संसदीय प्रणालीमा संसदबाटै समस्याको समाधान खोज्ने भन्दै तीन दल मिलेर सरकार बनाउनुपर्नेमा जोड दिनुभयो ।
फरक प्रसंगमा नेता पौडेलले पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई छुटाउन कानूनी रुपमा अदालतले मात्रै सक्ने भन्दै कुनै नेताको भाषण र पार्टीको बैठकले छुटाउन नसक्ने दाबी गर्नु भयो ।
प्रतिक्रिया