Main News

जसपा र कांग्रेसलाई ओलीसँग मिलाउन भारत लाग्यो : प्रचण्ड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २९ गते ६:०८
जसपा र कांग्रेसलाई ओलीसँग मिलाउन भारत लाग्यो : प्रचण्ड (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले नै समर्थन फिर्ता लिएर केपी ओलीलाई हटाउन सक्ने वातावरण नबनेको बताउनुभएको छ ।

बुटवलमा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले तयारी बिना फिर्ता लिँदा हार हुन सक्ने खतरा रहेको बताउनुभयो । एमालेको माधवकुमार नेपाल पक्ष, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सल्लाह गरेर मात्रै अघि बढ्ने बताउनुभयो ।

तर प्रधानमन्त्री ओली राज्य सत्ताको दुरुपयोग गरेर जसपालाई फूटाउन र आफ्नो पक्षमा पार्ने खेलमा लागेको उहाँको आरोप छ ।

प्रचण्डले ओलीका पक्षमा जसपा र कांग्रेसलाई उभ्याउन विदेशी शक्ति लागेको दावी गर्नुभयो । नामै नलिई उहाँले भारतले यस्तो भूमिका खेलेको दावी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *