राजनीति

प्रधानमन्त्री ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैनः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २८ गते १८:२१
प्रधानमन्त्री ओलीसँग कुनै पनि हालतमा सहकार्य हुँदैनः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

२८ फागुन २०७७ काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुनै पनि हालतमा सहकार्य नहुने बताउनुभएको छ ।

संसदीय दलको बैठकपछि सिंहदरबारमा पत्रकारसँग अध्यक्ष यादवले ओलीसँग सहकार्य होइन हटाउन चाहेको बताउनुभयो । यादवले प्रधानमन्त्री ओलीको राजीनामा पनि माग्नुभयो ।

अध्यक्ष यादवले प्रधानमन्त्री ओलीको पार्टी एमालेबाहेक अरुसँग सहकार्य हुने सक्ने बताउनुभयो ।

जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले अब सत्ता सहकार्य गर्नु परे कसैको भरिया नबन्ने र नेतृत्व नै दावी गर्नुभयो । आज संसदीय दलको बैठकमा सरकारको नेतृत्व गर्नुपर्ने आवाज उठेको पनि नेता यादवले बताउनुभयो ।

ओली सरकार बचाउन र नयाँ सरकार बनाउन जसपा निर्णायक बनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्