Main News

सरकार गठनको पहल थाल्न सभापति देउवालाई पौडेल र सिटौला पक्षको आग्रह

हिमालय टिभी
२०७७ फागुन २८ गते १५:०९
सरकार गठनको पहल थाल्न सभापति देउवालाई पौडेल र सिटौला पक्षको आग्रह

२८ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्नेमा जोड दिँदै पहल गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ ।

महामन्त्री डाक्टर शशांक कोइरालाको निवासमा भएको छलफलमा पौडेल र सिटौला पक्षले ओलीलाई हटाउन पहल गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी फकाउन गम्भीर पहल थालेपछि पौडेल सिटौला पक्षले देउवालाई अगाडि सार्न थालेको हो । अहिले केहीबेरमा पदाधिकारी बैठक बस्नु अघि पौडेल र सिटौला पक्षले सरकारको नेतृत्व लिन अग्रसर हुनुपर्नेमा जोड दिएको छ ।

पौडेल पक्षका एक नेताका अनुसार कांग्रेसको नेतृत्वमा वैकल्पिक सरकार बनाउन पहल लिने निष्कर्ष निकालिएको छ । त्यसका लागि सभापति देउवालाई साथ रहने पनि ती नेताले बताए ।

कोइराला निवासमा भएको भेलामा वरिष्ठ नेता पौडेल, पूर्व महामन्त्री सिटौला, प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी लगायतका नेताको सहभागीता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *