Main News

चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पु-याएका छन् : सभापति देउवा

हिमालय टिभी
२०७७ फागुन २७ गते ६:२७
चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पु-याएका छन् : सभापति देउवा

२७ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको बताउनुभएको छ ।

प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले सबै चाडपर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रका धरोहर भएको बताउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *