Main News

संसद बैठकबाट निस्कँदै गर्दा एमाले नेता नेपालले के भने ?

हिमालय टिभी
२०७७ फागुन २६ गते १७:३१
संसद बैठकबाट निस्कँदै गर्दा एमाले नेता नेपालले के भने ?

२६ फागुन २०७७ काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टी सँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा विस्तृत रुपमा छलफल गर्ने बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकपश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता नेपालले पार्टी, सरकार र आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरेर अघि बढ्ने बताउनु भयो।

उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीमा हामी छलफल गर्छौ । कसरी पार्टी, आन्दोलन, सरकार लाने, अरु पार्टीसँगको सहकार्य गर्ने कसरी, जनताको विश्वास कसरी जित्ने विषयमा गर्छौ ।

उहाँले जनताका गुनासोहरु सम्बोधन गर्ने, पार्टीभित्रको विमतिलाई सम्बोधन गर्ने यावत् कुराको बारेमा बिस्तृत छलफल गरेर अघि बढ्ने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘हामी छलफलबाट, बहसबाट, विवादबाट कहिल्यै पनि डराउँदैनौ । छलफल, बहस, विवाद राजनीतिज्ञको एउटा विशेषता पनि हो । लोकतान्त्रिक संस्कार बोकेको राजनीतिज्ञको जिम्मेवारी पनि हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *