Main News

मन्त्री भट्टले भने–माओवादी केन्द्रमा फर्कने सम्भावना न्यून छ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २६ गते १६:५४
मन्त्री भट्टले भने–माओवादी केन्द्रमा फर्कने सम्भावना न्यून छ (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना न्यून रहेको बताउनु भएको छ ।

प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग मन्त्री भट्टले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताउनुभयो । एमालेमा जाँदा सांसद पद फुत्किन सक्छ नि भन्ने प्रश्नमा मन्त्री भट्टले यसबारे आफूहरु छलफल रहेको जानकारी दिनुभयो ।

नेकपा हुँदा ओलीको पक्षमा लागेर एकता जोगाउन प्रयास गरेको र अब नयाँ परिस्थितिमा नयाँ ढंगले छलफल भैरहेको बताउनुभयो ।

गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, श्रममन्त्री गौरीशंकर चौधरी र खानेपानीमन्त्री मणि थापा ओलीको पक्षमा उभिनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *