Main News

वरिष्ठ नेता खनालले भने–अब हामी ओली सरकार बचाउन लाग्छौं (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २६ गते १५:२४
वरिष्ठ नेता खनालले भने–अब हामी ओली सरकार बचाउन लाग्छौं (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब यही सरकार बचाउन लाग्ने बताउनुभएको छ ।

संसद बैठकमा सहभागी भएर निस्कँदै गर्दा संचारकर्मीसँग नेता खनालले अब वर्तमान सरकारको निरन्तरताका लागि नै आफूहरुले प्रयास गर्ने बताउनुभयो ।

एमाले नेतृत्वमा सरकार रहेको भन्दै नेता खनालले सरकारको रक्षामा लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो–एमालेको नेतृत्वमा छ, यो सरकारले आगामी दुई वर्षको कार्यकाल राम्रोसँग पुरा गर्नुपर्छ । मेरो शुभकामना छ ।

नेता खनालले भन्नुभयो–हामी त तीन वर्षपछि अब नेकपा एमाले भयौं, हामी नेपाल कम्युनिष्ट पार्टी भइसकेका थियौं । यो दुर्भाग्यको कुरा हो, एकीकृत भइसकेको पार्टीलाई फेरि विभाजित गरियो ।

उहाँले जे जे खेलहरुबाट यो विभाजन भएको भए पनि वा हाम्रो कमजोरीले भएको भए पनि हामी यो ठाउँमा आइपुगेको बताउँदै नेकपा एमाले सधैं बाम एकताको पक्षमा रहेको बताउनुभयो ।

सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि खनालले प्रचण्डसँगको सहकार्य तोड्नुभएको छ । अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँगै मिलेर एमालेमै संघर्ष गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *