Main News

खोप अभियान : सन्तानको हात समाउँदै खोप केन्द्रमा ज्येष्ठ नागरिक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २६ गते ५:५५
खोप अभियान : सन्तानको हात समाउँदै खोप केन्द्रमा ज्येष्ठ नागरिक (भिडियो रिपोर्टसहित)

२६ फागुन २०७७ काठमाडौं । फागुन २३ गतेदेखि दोस्रो चरणको खोप अभियान चलिरहेको छ । दोस्रो चरणको खोप अभियानमा अहिले जेष्ठ नागरिकले खोप लगाइरहेका छन् । दोस्रो चरणको खोप अभियानमा सहभागी जेष्ठ नागरिकहरु के भन्छन् ?

दिपायलका ६६ वर्षीया गौमती भट्टलाई कोरोनाविरुद्धको खोप लगाउन त्यति धेरै मन थिएन । किनभने खोप लगाएका छिमेकीले खोप लगाएपछि ज्वरो आउने र केही दिन गाह्रो हुने बताएका थिए । खोप लगाउन त्यति धेरै मन नलागे पनि छोराले सम्झाइ बुझाई गरेपछि गौमती खोप केन्द्रमा पुग्नुभयो । खोप केन्द्रमा पुगेसँगै गौमतीलाई छोरा सानो हुँदा फकाएर खोप केन्द्रमा लगेको याद आयो ।

आमालाई खोप केन्द्रसम्म ल्याएका गौमतीका छोराले पनी आफ्नो बाल्यकाल सम्झनुभयो ।

८४ वर्षीय दुर्गादत्त लम्सालले पनि आफ्नो छोरालाई फकाई फुलाई खोप केन्द्रमा लानुहुन्थ्यो । अहिले छोराले नै डोहोर्‍याएर उहाँलाई कोरोनाविरुद्धको खोप लगाउन खोप केन्द्र ल्याउनुभयो । खोप केन्द्रमा उहाँलाई, पहिलेको सम्झना आयो ।

सरकारले २३ गतेदेखि शुरु गरेको खोप अभियानमा जेष्ठ नागरिकहरुको सहभागिता उल्लेख्य देखिन्छ । जेष्ठ नागरिकहरु आफ्ना सन्तानलाई पछ्याउँदै खोप केन्द्रसम्म आइपुगेका छन् । खोप लगाएपछि कोरोनाबाट हुने असर कम हुनेमा उनीहरु ढुक्क छन् ।

कोरोनाका कारण कसैको पनि ज्यान नजाओस् र गम्भीर अवस्थाको सामना गर्न नपरोस् भन्दै सरकारले सबै नागरिकलाई चरणवद्ध रुपमा खोप दिने तयार गरेको छ । यसअघि अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई खोप दिएको सरकारले अहिले जेष्ठ नागरिकलाई खोप दिइरहेको छ । यो खोप अभियानमा सहभागी हुन जेष्ठ नागरिकको आग्रह पनि छ ।

पोहोर यति बेला पुरा विश्वमा नै कोरोना कहरका कारण अक्रान्त थियो । कोरोना संक्रमणबाट जोगिन भन्दै हात धुने र मास्क लगाउने गरेका हामीले अब खोप लगाउन पाएका छौँ ।

वैज्ञानिकहरुको अथक प्रयासले एक वर्षमा नै कोरोनाको खोप आयो र नागरिके खोप लगाउन पाए । खोप आएसँगै कोरोनाको डर र त्रास कम हुँदै गएको छ । सबैलाई खोप उपलब्ध गराउन सरकारको र सरकारले ल्याएको खोप लगाउनु नागरिकको जिम्मेवारी पनि हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *