Main News

मनोज भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

हिमालय टिभी
२०७७ फागुन २५ गते १९:२९
मनोज भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२५ फागुन २०७७ काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदार मनोज भेटवालसहित ११० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

भेटवालसँगै साविक रोयल मर्चेन्ट बैंक एण्ड फाइनान्स लिमिटेडका सञ्चालक बसन्त मल्ल, विकास श्रेष्ठ, मधुवनलाल श्रेष्ठ, भैरवप्रसाद भेटवाल र रविन लामा समेतलाई अख्यितारले पक्राउ गरेर मुद्दा दर्ता गरेको हो । पक्राउ परेका भेटवालविरुद्ध बैंकिङ कसुरमा मुद्दा दायर गरिएको हो ।

भेटवाललाई प्रभु बैंक, एनआईसी एसिया बैंक र तत्कालिन एपेक्स बैंकले यसअघि नै कालोसूचीमा राखेको छ । जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवालले गतवर्ष खुल्लामञ्च कब्जा गरेका थिए ।

पुरानो बसपार्कमा काठमाडौं भ्युटावर निर्माण गरिरहेको जलेश्वर स्वच्छन्द विकोइ विल्डर्सका सञ्चालक भेटवालविरुद्ध भ्युटावर निर्माणमा अनियमितता गरेको उजुरी परेपछि अख्तियारले छानविन शुरु गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *