Main News

कर्णालीमा बेपत्ता एकै परिवारका पाँचमध्ये चार जनाको शव फेला

हिमालय टिभी
२०७७ फागुन २५ गते १४:४५
कर्णालीमा बेपत्ता एकै परिवारका पाँचमध्ये चार जनाको शव फेला

२५ फागुन २०७७ दैलेख । दैलेखमा एक ३५ वर्षकी महिला आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हामफालेकी छिन् । आठबीस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवाल आफ्ना ४ सन्तानसहित कर्णाली नदीमा हाम फालेकी हुन् ।

अछामको बेलखेतस्थित कर्णाली नदीमा हिजो माछा मार्ने क्रममा २ वटा बालिकाको शव भेटिएपछि खोज तलासमा क्रममा पाँच जनाले नै नदीमा हाम फालेको पाइएको प्रहरीले जनाएको छ ।

जसमध्ये हिजो २ र आज २ गरी चार जनाको शव भेटिएको छ । अझै एक जनाको खोजी भइरहेको छ । प्रहरीका अनुसार १४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको हिजो र आमा सुकी र १० वर्षीय छोरा ललितको शव आज भेभेटिएको हो ।

पाँच वर्षीया रजनी बडुवालको शव भने भेटिएको छैन । सोमबार बिहान तीन छोरी र एक छोरासहित घरबाट हिँडेकी सुकी माइतमा पनि नभेटिएपछि आफन्तले खोजतलास गरेका थिए ।

बेपत्ता भएकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले पक्रेको छ । दिनहुँ मदिरा सेवन गरेर श्रीमतीसँग झगडा गर्ने गरेको सूचना पाएपछि प्रहरीले मानसिंहलाई पक्राउ गरेर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *