Main News

सांसद कोमल वलीद्वारा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ फागुन २५ गते १२:५८
सांसद कोमल वलीद्वारा नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ काठमाडौं । राष्ट्रिय सभा सदस्य कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नु भएको छ ।

सांसद वलीले आज काठमाडौं जिल्ला अदालत पुगेर नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध गाली बेइज्जतीको मुद्दा दायर गर्नुभएको हो । नेता पन्तले राष्ट्रिय सभाकी सांसद वलीमाथि केही समयअघि एक कार्यक्रममा असभ्य टिप्पणी गरेका थिए ।

सो टिप्पणीको सबैतिर तिव्र आलोचना भएको थियो । नेता पन्तले गरेको टिप्पणीले आफुलाई चोट पुगेको तथा समस्त आमा, दिदीबहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेकाले मुद्दा दायर गर्नुपरेको राष्ट्रिय सभा सदस्य वलीेले बताउनुभयो ।

नेता पन्तको टिप्पणीले सम्पूर्ण आमा, दिदीबहिनीहरुमाथि लैंगिक हिंसा भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – उहाँले माफी माग्नुभएको छैन । मेरो आशय त्यस्तो थिएन भन्नुभएको छ । त्यसकारण उहाँले मसँग माफी पनि माग्नुभएको छैन । र यस्ता शब्दहरु प्रयोग गर्नुभएको छ कि माफ गर्न क्षम्य हुने खालको छैन । त्यसकारणले गर्दा मलाई चोट पुगेकै हुनाले र मलाई मात्र होइन समस्त आमा, दिदी बहिनीहरुको मान प्रतिष्ठामा चोट पुगेको हुनाले म मुद्दा दर्ता गर्दैछु ।
उहाँले भन्नुभयो–सम्पूर्ण आमा दिदीबहिनीहरुमाथि लैंगिक हिंसा भएको हुनाले, यौनिक उत्पीडनको कुरा भएको हुनाले, यौनिकता, महिला शोषणको कुरा भएकाले कानूनी प्रक्रियामा जाने मैले निर्णय गरेँ । अदालतले जे निर्णय गर्छ त्यसलाई मैले आत्मसात गर्नेछु ।

सांसद वलीले आफु माथिल्लो सदनको विधायिका भएको हुनाले आफुले आत्मसम्मानको खोजी गर्न नसके, न्यायको खोजी गर्न र न्यायका लागि बोल्न नसके अरुको अवस्था पनि त्यस्तै हुने भन्दै अदालत आउनु बाध्यता भएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *